
एजेन्सी । भियतनाममा केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा कम्तिमा ९० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन्, बीबीसीले रिपोर्ट गरेको छ। भियतनामी सरकारले देशभर १,८६,००० घरहरू क्षतिग्रस्त भएको र तीस लाखभन्दा बढी पशुधन बगाएको बताएको छ। अधिकारीहरूले अनुमान गरेका छन् कि करोडौं पाउन्ड बराबरको क्षति भएको छ।
बीबीसीका अनुसार, पहाडी प्रान्त डाक लाक गम्भीर रूपमा प्रभावित भएको छ, नोभेम्बर १६ देखि ६० भन्दा बढीको मृत्यु भएको छ। पहाडी प्रान्त डाक लाक बाढीबाट नराम्रोसंग प्रभावित भएको छ । त्यहाँ मात्रै ६० जनाको ज्यान गएको छ । बाढीबाट सडक र रेलवे सञ्जाल क्षतविक्षत भएको छ भने साढे दुई लाख बढी मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । बाढी प्रभावित क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे