
काठमाडौँ, चैत ५ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ गर्ने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम रहेको छ ।
निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए । यादव गत चैत ३ गते एमाले र जनमतका प्रतिस्पर्धीलाई हराउँदै उपराष्ट्रपति निर्वाचित भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे