
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । हृदयाघात भएपछि थापालाई उपचारका लागि नर्भिक अस्पतालमा लगिएको थियो। बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।
थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आए पनि सुनिल थापा काठमाडौंमा अपार्टमेन्टमा बस्दै आएका थिए। उनका आफन्त अस्पतालमा आइनपुगेकाले अस्पतालले औपचारिक घोषणा गरेको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे