
काठमाडौं: स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नयाँ अध्यक्षको रुपमा वेणुगोपाल रंगनाथनलाई नियुक्त गरिएको छ। बैंकको ४६९औं सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिन फैसला गरेको हो।
रंगनाथनले आइतबार कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासमक्ष शपथ ग्रहण गरेका छन्। उनी २००७को जुन महिनाबाट स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग आवद्ध रहेका छन् र त्यस समयदेखि कर्पोरेट र इन्भेस्टमेन्ट बैंकिङ (सीआईबी)मा जोखिम व्यवस्थापनसम्बन्धी विभिन्न वरिष्ठ भूमिकामा काम गरेका छन्।
साथै, उनले भारत र दक्षिण एसिया क्लस्टरका लागि प्रमुख जोखिम अधिकृत (सीआरओ)को भूमिका पनि निर्वाह गरेका छन्। बैंकिङ क्षेत्रमा ३२ वर्षभन्दा बढीको अनुभवका साथ उनले विभिन्न भौगोलिक क्षेत्र र व्यावसायिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा काम गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे