
काठमाडौं : भीएस निकेतन माध्यमिक विद्यालयको विद्यार्थी क्लब भिएसएन आईटी क्लबले मंसिर ११ गते वेब डिजाइनिङ प्रतियोगिता आयोजना गरेको छ ।
कार्यक्रममा काठमाडौं उपत्यकाका ए लेभल, विज्ञान र व्यवस्थापनसहित १८ वटा विद्यालय र उच्च माध्यमिक कलेजको सहभागिता रहेको थियो ।
विद्यार्थीहरूलाई उनीहरूको ज्ञान, सिर्जनात्मकता र नवीनता प्रदर्शन गर्नको लागि एक दिने वेब डिजाइन प्रतियोगिता आयोजना गरिएको आयोजक कमिटीले जनाएका छन् ।
विद्यार्थीहरुलाई आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न र प्रविधिमा आफ्नो सीप प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजक टोलीले जनाएको छ ।
प्रतियोगितामा काठमाडौं मोडल कलेजले प्रस्तुत गरेको बाइनरी बम्बर्स–१ले प्रथम हुंदै प्रमाणपत्र र ट्रफीसहित १५ हजार नगद पुरस्कार हात पार्यो भने दोस्रो पुरस्कार सेन्ट जेभियर्स कलेजको एपिक फेल्युअरले १० हजार रुपैयाँ र प्रमाणपत्र र ट्रफी हात पारेको छ ।
आयोजक समितिले सहभागीहरुप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो कार्यक्रमले आईटीमा आफ्नो करियर बनाउन चाहने विद्यार्थीहरुलाई एक राम्रो अवसर हुने विश्वास लिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे