
काठमाडौँ , २४ माघ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी)ले आफ्नो विश्वभरका कर्मचारीलाई फिर्ता बोलाएको छ। हालै एक सूचना जारी गर्दै, यूएसएआईडीले आफ्ना अमेरिकी नागरिक कर्मचारीलाई स्वदेश फर्किन निर्देशन दिएको हो। सूचनामा भनिएको छ कि शुक्रवार, ७ फेब्रुअरी २०२५, राति ११:५९ स्थानीय समयदेखि सबै प्रत्यक्ष नियुक्त कर्मचारीलाई प्रशासनिक बिदामा राखिनेछ। यद्यपि, महत्त्वपूर्ण मिशन र विशेष कार्यक्रमहरूमा कार्यरत कर्मचारीहरूलाई यो निर्देशन लागू हुनेछैन, र उनीहरूले आफ्नो कार्य जारी राख्न सक्छन्।
यूएसएआईडीले भनेको छ कि विदेशमा कार्यरत कर्मचारीहरूको हकमा, एजेंसीले मिसन र अमेरिकी विदेश मन्त्रालयसँग समन्वय गर्दै कानुनी प्रावधान समेटेर अवकाश योजना तयार गर्नेछ। पर्सनल सेवा ठेकेदार (पीएससी) र अन्तर्राष्ट्रिय सेवा ठेकेदार (आईएससी)का सम्झौताहरू ३० दिनभित्र समाप्त गरिनेछ, र यिनका लागि यात्रा व्यवस्थापन र खर्च एजेन्सीले व्यहोर्नेछ।
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नुअघि वैदेशिक अनुदान निलम्बन गर्ने कार्यकारी आदेश जारी गरेका थिए, जसको प्रभावले यूएसएआईडीका कार्यक्रमहरू पनि प्रभावित भएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे