काठमान्डौ , २८ शनिबार -आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज शनिवार अमेरिकासँग खेल्दैछ ।टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले शनिबार राति घरेलु टोली अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्ने छ । सिरिजको पहिलो खेलमा ओमानसँग १३ रनको हारको सामना गरेको नेपालले दोस्रो खेलमा अमेरिकासँग खेल्न लागेको हो ।
नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।
नेपाललले पछिल्ला चार खेलमध्ये ३ खेलमा अमेरिकालाई हराएको छ भने एक खेलमा हारको सामना गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे