
काठमाडौं, २३ जेठ — अमेरिकाले नेपाली नागरिकलाई दिइएको अस्थायी सुरक्षा सुविधा (टीपीएस) खारेज गर्ने निर्णय गरेको छ। अमेरिकी गृह सुरक्षा विभागले घोषणा गरेको निर्णय अनुसार अब टीपीएसमा रहेका नेपाली नागरिकले आगामी दुई महिनाभित्र अमेरिका छाड्नुपर्नेछ।
टीपीएस अर्थात अस्थायी सुरक्षा सुविधा यस्तो कार्यक्रम हो, जसअन्तर्गत प्राकृतिक विपत्ति, युद्ध वा अस्थिरताका कारण आफ्नो देश फर्कन नसक्ने विदेशी नागरिकलाई अमेरिकामा बस्न कानुनी रूपमा अनुमति दिइन्छ। सन् २०१५ को विनाशकारी भूकम्पपछि अमेरिका सरकारले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो। हाल अमेरिकामा करिब ९ हजार नेपाली टीपीएस अन्तर्गत बसोबास गरिरहेका छन्। तर अब यो सुविधा खारेज भएपछि उनीहरूलाई अमेरिका छाड्नुपर्नेछ वा अन्य वैकल्पिक भिसामा बस्ने उपाय खोज्नुपर्नेछ।
बिहीबार सर्वोच्च अदालतले चारवटा देश क्युवा, हेटी, निकारागुवा र भेनेजुएलाका करिब पाँच लाख आप्रवासीहरुको टीपीएस खारेज गर्ने सरकारको निर्णयलाई अनुमति दिएको कुरा समाचारपत्र पोलिटिकोले जनाएको छ । प्रतिबन्धित १२ देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्। साथै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला जस्ता देशहरूमाथि आंशिक प्रतिबन्ध लगाइएको छ।
टीपीएस खारेजको निर्णयले नेपाली आप्रवासी समुदायमा अन्योल र निराशा ल्याएको छ। धेरैले लामो समयदेखि अमेरिका बस्दै आएका कारण अब फर्किनुपर्ने अवस्था सिर्जना भएको बताइरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे