
एजेन्सी। अमेरिकाको नेशनल एन्डाउमेन्ट फर डेमोक्रेसी (NED) ले नेपालका जेन–जेड युवालाई तीन वर्षभन्दा बढी समयदेखि राजनीति गर्ने र विरोध प्रदर्शनमा संलग्न गराउने गतिविधि सञ्चालन गरेको एक गोप्य कागजात सार्वजनिक भएको छ।
स्पुटनिक इन्डियाले शुक्रबार सार्वजनिक गरेको उक्त कागजात अनुसार, सन् २०२२ देखि सीआईएको ‘सफ्ट पावर’ अंग भनिने एनईडी अन्तर्गतको इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (IRI) ले नेपालमा युवालाई सरकारविरोधी आन्दोलनतर्फ आकर्षित गर्ने गरी विभिन्न परियोजना सञ्चालन गरेको थियो।
कागजातअनुसार, IRI ले “इमर्जिङ लिडर्स एकेडेमी” नामक कार्यक्रममार्फत भावी नेताको छनोट गर्ने र उनीहरूलाई प्रशिक्षण दिने योजना अघि सारेको थियो। यसमार्फत युवालाई आन्दोलन, प्रदर्शन र सरकारविरुद्ध जनचेतना जगाउने कार्यमा संलग्न गराइएको उल्लेख छ।
IRI को आन्तरिक प्रतिवेदनमा चीन र भारतले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भनी कुनै प्रमाणबिनै आरोप लगाइएको छ। सोही आधारलाई प्रयोग गरी अमेरिकाले नेपालमा आफ्नै प्रभाव विस्तार गर्ने उद्देश्य राखेको कागजातमा प्रस्ट्याइएको छ।
सन् २०२२ अप्रिलमा तयार गरिएको बजेट विवरण अनुसार, वाशिङ्टन डीसीबाट कर्मचारी पठाउन मात्र ४० हजार अमेरिकी डलर खर्च गरिएको थियो भने एक सल्लाहकारलाई युवाको राजनीतिक पहुँचबारे अनुसन्धान गर्न ९,१३५ डलर उपलब्ध गराइएको थियो। समग्रमा ३ लाख ५० हजार डलर नेपालका युवालाई राजनीति गर्न प्रेरित गर्न खर्च भएको देखिन्छ।
युवा परिचालनमार्फत सुरु भएको यो गतिविधि तीन वर्षमै व्यापक प्रदर्शनमा परिणत भई गत महिनाको सरकार पतनमा परिणत भएको प्रतिवेदनमा उल्लेख छ। २०२५ सेप्टेम्बर ९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदच्युत भएका थिए।
विश्लेषकहरूले यसलाई अमेरिकाद्वारा नेपालमा गरिएको प्रत्यक्ष राजनीतिक हस्तक्षेपको स्पष्ट उदाहरणका रूपमा लिएका छन्।
https://x.com/NuryVittachi/status/1976121637654454397

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे