
एजेन्सी । अमेरिका सरकारले गैरकानुनी रूपमा आप्रवासी पठाउने कार्यमा संलग्न रहेको आरोपमा केही भारतीय ट्राभल एजेन्सीहरू र एजेन्टहरूलाई भिसा प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, ती ट्राभल एजेन्टहरूले “चिकेन रुट” नाम दिइएको माध्यमबाट मानिसहरूलाई अवैध रूपमा अमेरिका पठाउने कार्यमा सहयोग गरेका थिए।
“चिकेन रुट” भन्नाले मध्य र दक्षिण अमेरिकाको बाटो हुँदै अमेरिका प्रवेश गर्ने अवैध मार्गलाई जनाइन्छ। पछिल्ला केही वर्षयता भारतका विभिन्न राज्यबाट मानिसहरूलाई नेपाल, दुबई, कतार, र मध्य अमेरिका हुँदै अमेरिका पु¥याउने योजना बनाउने कार्यमा यी ट्राभल एजेन्सीहरूको संलग्नता रहेको पाइएको छ।
अमेरिकी दूतावासका अनुसार यस्तो गैरकानुनी आप्रवासन प्रोत्साहित गर्ने, मान्छेको सुरक्षालाई जोखिममा पार्ने र अमेरिका प्रवेश नियमको उल्लंघन गर्ने प्रयास भएकाले उनीहरूलाई अमेरिकी भिसा नदिने निर्णय गरिएको हो।
यो निर्णयपछि ती एजेन्सीका कर्मचारी र प्रतिनिधिहरू अब अमेरिका भित्रन सक्ने छैनन्। साथै, भविष्यमा यस्ता अवैध गतिविधिमा संलग्न हुने अन्य एजेन्सी वा व्यक्तिमाथि पनि कडा कारबाही हुने चेतावनी अमेरिकी अधिकारीहरूले दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे