
काठमाडौँ, २७ वैशाख — भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावप्रति चिन्ता व्यक्त गर्दै अमेरिकाले दुबै पक्षलाई आक्रमण रोक्न र संयम अपनाउन अपिल गरेको छ। पछिल्लो केही दिनयता मिसाइल आक्रमण र गोलीबारीका घटनापछि दक्षिण एशियामा द्वन्द्वको जोखिम बढेको भन्दै अमेरिका, संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले गहिरो चासो देखाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानको पछिल्लो टकरावलाई लज्जास्पद भनेर वर्णन गरेका छन् र दुई आणविक हतियारधारी छिमेकीहरू बीचको तनाव धेरै चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन्। मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेस् यो लज्जास्पद हो। हामीले ओभलको ढोकामा हिंड्दै गर्दा यसको बारेमा सुन्यौं। मलाई लाग्छ मानिसहरूलाई विगतको थोरै कुराको आधारमा केहि हुन लागेको थाहा थियो। तिनीहरू लामो समयदेखि लडिरहेका छन्। तपाईंलाई थाहा छ, तिनीहरू धेरै धेरै दशकहरू र शताब्दीहरूदेखि लडिरहेका छन्, वास्तवमा, यदि तपाईंले यसको बारेमा साँच्चै सोच्नुहुन्छ ,उनले भने।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार एक विज्ञप्ति जारी गर्दै भने, “भारत र पाकिस्तान दुबै आणविक शक्ति राष्ट्र हुन्, त्यसैले द्वन्द्वले विश्वस्तरमै गम्भीर असर पार्न सक्छ। हामी दुबै देशलाई संवादमार्फत समस्याको समाधान गर्न आग्रह गर्छौं।”पछिल्लो घटनाक्रममा भारतले पाकिस्तानले आफ्ना तीन सैन्य अड्डामा आक्रमण गर्न खोजेको आरोप लगाएको छ भने पाकिस्तानले यो दाबी अस्वीकार गरेको छ। भारतले भने कश्मीरमा आफ्ना नागरिकहरूमाथि भएको आतङ्कवादी आक्रमणको जवाफस्वरूप ‘आतङ्कवादी पूर्वाधार’ मा प्रहार गरेको बताएको छ।
संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र अन्य देशहरूले पनि तत्काल हिंसा रोक्न र वार्तामा बस्न आग्रह गरेका छन्। तनाव अझ बढेमा यो क्षेत्रीय मात्र नभई विश्वस्तरको संकट बन्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे