
एजेन्सी । अमेरिका सरकारले सिरियाबाट करिब एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्व, सुरक्षास्थितिको मूल्यांकन र रणनीतिक प्राथमिकता परिवर्तनलाई ध्यानमा राख्दै अमेरिकी प्रशासनले यस्तो निर्णय लिएको जनाइएको छ। अमेरिकी रक्षा सचिवको निर्देशनअनुसार अब ती सैनिकलाई फिर्ता ल्याउने तथा सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया शुरु गरेको पेन्टागनका प्रवक्ता सीन पार्नेललाई उद्धृत गर्दै एएफपीले जनाएको छ । पार्नेलका अनुसार यो निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइनेछ ।
यद्यपि, अमेरिकाले आईएसविरुद्धको आक्रमण जारी राख्ने र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता कायमै रहेको पनि प्रवक्ता पार्नेलले बताउनुभयो । आईएसले सन् २०१४ मा आक्रामक गतिविधि शुरु गरेपछि अमेरिकी नेतृत्वमा स्थानीय सेनाहरूलाई सहयोग पुर्याउँदै आतङ्कवादी समूहविरुद्ध अभियान थालिएको थियो । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले भने, ूहामीले सैनिक फिर्ता गर्ने निर्णय रणनीतिक र दीर्घकालीन मूल्याङ्कनका आधारमा गरेका हौं। तर यसको अर्थ आतंकवाद विरुद्धको हाम्रो प्रतिबद्धता कम भएको भने होइन।ू
यो निर्णयसँगै सिरियामा अमेरिकी सैन्य उपस्थितिको आकार उल्लेख्य रूपमा घट्नेछ। यद्यपि, पेन्टागनले केही सैनिकहरू भने अझै सिरियामा राखिने बताएको छ, जसले विशिष्ट सुरक्षा र निगरानी कार्यमा सहयोग पुर्याउनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे