
काठमाडौँ, २५ माघ । अपग्रेट ग्लोबल स्टडि पार्टनसले पार्टनस मिट एण्ड नेटवर्कींग इभेन्ट २०२४ सम्पन्न गरेको छ । फेबरुअरी ५ तारिकका दिन आयोजना गरिएको उक्त कार्यक्रममा एजेन्ट, पार्टनर्स तथा शिक्षा क्षेत्रका व्यक्तीत्वहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
कार्यक्रममा अपग्रेट ग्लोबल स्टडि पार्टनस नेपालका कन्ट्री डाइरेक्टरले उपस्थित पाहुना, एजेन्ट तथा शैक्षिक परामर्श व्यवशायीहरुलाई हालसम्मको सहयोग तथा गरिमामय उपस्थितीको लागी धन्यवाद व्यक्त गर्दै आफनो स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अपग्रेट जि एस पि का चिफ ग्रोथ अफिसर अलि बुटले अपग्रेट जि एस पि को भावी योजना तथा रणनितको बारेमा उपस्थित एजेन्टस तथा पार्टनसहरुलाइ जानकारी गराउनु भएको थियो ।
त्यस्तै उक्त कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालकि बिजनेस प्रस्युट म्यानेजर क्रिस्टीना कंसाकारले अपग्रेट जिएसपि र अन्य शैक्षिक पारामर्श व्यवशायीहरु संगको सहकार्यको प्रसंसा गर्दै भावी दिनहरुमा पनि ब्रिटिस काउन्सिले यसलाई निरन्तरता दिने धारण व्यक्त गर्नु भयो ।
त्यस्तै कार्यक्रममा उपस्थित विभिन्न युनिसीर्टी तथा शैक्षिक परामर्श व्यवशायका प्रतिनिधिहरुले शैक्षिक परामर्श क्षेत्रका अवशर र चुनौति लगाएतका विषयमा र अपग्रेट जि एस पि संगको सहकार्यको विषयमा आफनो धारणाहरु व्यक्त गरेका थिय ।
कार्यक्रमको अन्यमा अपग्रेट जि एस पि ले आफना उत्तकृष्ट एजेन्ट तथा शैक्षिक परामर्श व्यवशायीहरु तथा उपस्थित अथितीहरुलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे