
काठमाडौं । नेपाल सरकारले अब दर्ता ९सूचीकरण० नभएका सामाजिक सञ्जालहरू क्रमशः बन्द गर्न थाल्ने भएको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिँदै यस्तो निर्णय गरेको हो। सरकारले धेरै पटक सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा दर्ता हुन अनुरोध गरे पनि कुनै प्रतिक्रिया नआएपछि अब कानुनी रूपमा कारबाही गर्न लागिएको हो। मन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार सरकारले सञ्जालहरू सधैंका लागि बन्द गर्न खोजेको होइन। दर्ता गरेपछि फेरी सामान्य रूपमा चल्न दिने तयारी छ।
अहिलेसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ गरी पाँच वटा सञ्जाल मात्रै सूचीकृत भएका छन्। टेलिग्राम, हाम्रो पात्रो जस्ता केही प्रक्रियामा छन्।सरकारका अनुसार हाल नेपालमा करिब २५ वटा सामाजिक सञ्जाल बढी सक्रिय छन्। कुन–कुन बन्द हुने भन्ने यकिन छैन। मेटा ९फेसबुक० ले सरकारसँग सम्पर्क गरेको भन्ने हल्ला गलत भएको मन्त्रालयले प्रस्ट पारेको छ।
अब २६ वटा सञ्जाल निष्क्रिय बनाउन प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइसकेको छ। सरकारको उद्देश्य जिम्मेवार र कानुनी रूपमा सञ्जाल सञ्चालन गराउने हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे