
युनिभर्सिटी कलेज बर्मिङ्घम (UCB) ले संयुक्त अधिराज्यमा उच्च शिक्षा हासिल गर्न इच्छुक नेपाली विद्यार्थीहरूलाई प्रवर्द्धन र अवसर प्रदान गर्ने उद्देश्यले अक्टोबर १८, २००२ मा काठमाडौंमा पत्रकार सम्मेलन गरेको थियो।
युसीबीका दक्षिण एसियाली क्षेत्रीय प्रबन्धक अर्चना सिंहले बैठकको सहजीकरण गरिन् । बैठकमा बोल्दै सिंहले UCB र नेपाली विद्यार्थीहरूले हाल UCB मा कसरी प्रदर्शन गरिरहेका छन् भन्ने बारे जानकारी दिइन। उनले अन्तर्राष्ट्रिय र नेपाली विद्यार्थीका लागि भावी शैक्षिक योजनाहरू पनि उल्लेख गरिन।
कार्यक्रममा बोल्दै, UCB का प्रो-भाईस चान्सलर एलिस विल्बीले UCB बारे जानकारी प्रदान गर्दै स्नातक र स्नातकोत्तर डिग्री पाठ्यक्रमहरूको बारे जानकारी दिइन। उनले विदेशी विद्यार्थीहरुको लागि धेरै अवसर रहेको भन्दै UCB ले प्रदान गर्ने पाठ्यक्रम निकै उत्कृष्ट र समसामयिक भएको बताईन।
त्यस्तै, UCB को अन्तर्राष्ट्रिय विद्यार्थीका निर्देशक, क्रिस शेपले UCB मा आफ्नो उच्च शिक्षा हासिल गर्न खोजिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि UCB को वर्तमान रणनीतिलाई प्रकाश पारे। उनले UCB ले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई बेलायतमा बसाइलाई सहज बनाउन मद्दत गरिरहेको जानकारी पनि दिए।
उनले मेरिटका आधारमा सम्भावित अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उपलब्ध गराइने छात्रवृत्तिको बारेमा पनि बैठकमा संक्षिप्त जानकारी गराए । अन्तर्राष्ट्रिय विद्यार्थी एसोसिएट डाइरेक्टर भरत ए सखुजाले UCB ले नेपाली विद्यार्थीहरूलाई आफ्नो करियरलाई सहयोग गर्ने अवसरहरू प्रदान गर्न नेपालमा आफ्ना एजेन्टहरूसँग काम गरिरहेको बताए।
त्यसैगरी, विद्यार्थीहरूले UCB सँग यात्रा सुरु गरेपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई UCB बाट सहयोग उपलब्ध गराइने पनि उनले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई बेलायतमा रहँदा शैक्षिक र सामाजिक जीवनमा सहयोग पुग्ने अभिमुखीकरण कक्षाहरू उपलब्ध समेत गराइनेछ।
पत्रकार सम्मेलन अघि, अक्टोबर १७, २०२२ मा राजधानीको मेरियट होटलमा एक शैक्षिक मेला आयोजना गरिएको थियो। ३०० भन्दा बढी विद्यार्थीहरूले मेलामा भ्रमण गरे र UCB द्वारा प्रदान गरिएका विभिन्न पाठ्यक्रमहरूका बारे जानकारी प्राप्त गरे। मेलाको अवधिमा UCB द्वारा धेरै विद्यार्थीहरूलाई अफर लेटर समेत प्रदान गरिएको थियो।
बेलायतको बर्मिङ्घममा अवस्थित यस UCB ले अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको छ। विश्वस्तरीय पाठ्यक्रम र सुविधा सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको UCB बेलायतको अब्बल शैक्षिक संस्थानमध्य पर्छ। साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि पनि UCB एक उत्कृष्ट गन्तव्य बन्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे