
काठमाडौं, २३ जेठ | राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन कसैको एकल प्रयासले यो सङ्कट समाधान हुन नसक्ने हुँदा, सबै एकताबद्ध हुनुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भवनमा आज बिहान आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो धारण राखेका हुन् ।
उनले भने , “जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको क्षयका कारण सृजित सङ्कटसँग नेपाललगायत सम्पूर्ण विश्वका अन्य मुलुक जुधिरहेका छन् । कसैको एकल प्रयासले यी सङ्कट समाधान हुन सक्दैनन्, सबै एकताबद्ध हुनुपर्छ ।” विश्वव्यापी तृष्णाको बढ्दो प्रभावबाट तिब्र रुपमा हिमश्रृंखलाहरु र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो लगायतका प्रकोपहरू बढेको राष्ट्रपति पौडेलले बताए । राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य भूमि पुनःस्थापना, मरुभूमि करण र खडेरी प्रतिरोध’मा हाम्रा साझा चुनौती र अवसर समाहित भएका उल्लेख गरे ।
जलवायु परिवर्तनको मुद्दाहरू सरकारको नीति तथा कार्यक्रममा पनि घोषणा गरिएको राष्ट्रपति पौडलले बताए । उच्च श्रृंखला नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड, तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित किसिमको सम्बोधन हुनुपर्नेमा उनले जोड दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे