
काठमाडौं । नेपाली राजनीतिमा बढ्दो अस्थिरता र जोखिमपूर्ण अवस्थालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच सहमति भएको छ। संयुक्त विज्ञप्तिमार्फत दुवैले क्रान्तिकारी शक्तिबीच एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने घोषणा गरेका छन्। सहमति अनुसार विगतका कमजोरीहरूको समीक्षा गर्न कार्यटोली गठन, किरातीले प्रस्तुत समाजवादी लोकतन्त्र अवधारणामा छलफल र माक्र्सवादी क्रान्तिकारीहरूलाई माओवादी केन्द्रभित्र ध्रुवीकृत गर्ने निर्णय गरिएको छ।
विज्ञप्तिमा मजदुर, किसान, सुकुम्बासी, शोषित वर्ग र पहिचानका पक्षधरलाई समाजवादी ध्रुवीकरणमा सहभागी हुन आह्वान गरिएको छ। साथै राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै दलाल पूँजीवादी शासनको अन्त्य गरी जनसत्ता आधारित समाजवादी व्यवस्था स्थापनाको संकल्प व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे