
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरुले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् । काठमाडौंमा एकता घोषणा सभा आयोजना गरेर विवेकशील साझा पार्टी निःशर्त रास्वपामा समाहित भएको हो। केहीदिन अघि विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले आफ्नो पार्टी निःशर्त रास्वपासँग एकतामा जाने सहमति भएको बताएकी थिइन्।
रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा। स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो ।उनीहरूबीच विभिन्न पाँच वटा बुँदामा सहमति भएको छ । दुवै पार्टीले राम्रो शासन र विकासका उद्देश्य मिलेकाले एक हुने जनाइएको छ। विवेकशील साझा पार्टीले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गर्दै निःशर्त एकता गर्ने निर्णय गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे