
काठमाडौँ । पूर्व शिक्षामन्त्री र सांसद सुमना श्रेष्ठले उज्यालो नेपाल पार्टीको औपचारिक कार्यक्रममा नयाँ राजनीतिक शक्तिहरूबीच एकताको आवश्यकता औँल्याएकी छन्।
उनले आफू अहिले नयाँ राजनीतिक दलहरूको पक्षमा रहेको बताउँदै, “धेरैले सोध्छन् ‘सुमना कहाँ छ रु’ म भन्छु– सुमना एकतामा छ,” उनले भनिन्। रास्वपा छोडेपछि उज्यालो नेपाल पार्टी निर्माण प्रक्रियामा सहभागी भएकी सुमना व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर साझा एजेन्डामा सहकार्यको पक्षमा रहिन्।
सुमना श्रेष्ठले पुराना राजनीतिक संस्कार, नातावाद र कृपावाद जस्ता विसङ्गतिलाई तोड्न नयाँ दलहरूलाई एकजुट हुन आह्वान गरिन्। “यदि नयाँहरू एकत्रित नहुन्छन् भने पुराना पार्टी फेरि देशको नेतृत्वमा आइरहन सक्छन्,” उनले चेतावनी दिइन्।
अन्ततः उनले यो पार्टीमा सहभागी भने भएनन् तर नयाँ राजनीतिक शक्ति एकता आवश्यक रहेकोमा जोड दिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे