
काठमाडौँ , २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारका अध्यादेश, संसद्मा पार्टीको भूमिका, भ्रष्टाचार र जनजीविका मुद्दामा प्रतिपक्ष दलसँग सहकार्यका विषयमा छलफल हुनेछ।
फागुन ८ गते केन्द्रीय कमिटी बैठकको एजेण्डा र कार्यसूची अनुमोदन गर्नेछ। बैठकले पार्टीको संगठन गठन, पुनर्गठन र भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गर्नेछ। वामपन्थी शक्तिबीच एकता र समान विचारधाराका दलसँग मोर्चा बनाउने निर्णय पनि गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे