
ककनी, नुवाकोट ।विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ककनी गाउँपालिकाको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ककनी–६, ओखरपौवामा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा र ककनी गाउँपालिका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
विकास बैक अध्यक्ष तथा बैकमा सिइओ सुयोग श्रेष्ठका का अनुसार ,गत वर्ष २०८१ मा सुरु गरिएको ‘सांग्रिला ग्रीन बचत खाता’ अभियानलाई निरन्तरता दिँदै बैंकले यस वर्ष पनि ‘एक खाता, एक बिरुवा’ अवधारणालाई व्यवहारमा उतारेको हो। यस खाताको विशेषता अन्तर्गत प्रत्येक नयाँ खाता खोलेसँगै एउटा बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने उद्देश्य राखिएको छ।
संगठनले गत वर्ष पनि वातावरण दिवसकै दिन साइकल ¥याली आयोजना गरेर हरित वातावरणप्रतिको प्रतिबद्धता दर्शाएको थियो। यस वर्ष भने मुलुकमा व्याप्त बन्दहड्ताल र राजनीतिक परिस्थितिका कारण साइकल ¥याली आयोजनामा अवरोध भएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकले सबैलाई पृथ्वी संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणमैत्री जीवनशैली अपनाउन आग्रह गर्दै सन्देश पनि दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे