
काठमाण्डौ। संयुक्त राष्ट्रसंघका प्रहरी आयुक्त श्री फैसल शाहकर र यूएन डीपीओ, एसआरएस प्रहरी विभागका प्रमुख श्री मेहमत अता येनिगुन नेपाल प्रहरी प्रधान कार्यालयको भ्रमणमा रहनुभएको छ। भ्रमणका क्रममा उहाँहरूले नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सो अवसरमा वरिष्ठ प्रहरी अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ। कार्यक्रममा नेपाल प्रहरीको अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान, भविष्यका संभावित सहकार्यका अवसरहरू तथा आपसी समन्वयबारे छलफल गरिएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे