
काठमाडौँ । नेकपा एमाले निकट नेशनल भोलेन्टियर फोर्सले शुक्रबार काठमाडौंको बबरमहल क्षेत्रमा मार्च पास गरिरहेको छ। यसै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा फोर्स घोषणा गर्ने कार्यक्रम तय गरिएको छ।
एमाले नेता महेश बस्नेतले भने, “जेनजीको नाममा हाम्रो गतिविधिमा अवरोध आएमा त्यसको प्रतिरोध गरिनेछ। हामी जेनजीका माग सम्बोधन गर्ने जिम्मा पार्टीमै लिन्छौं र घाइते तथा शहीदलाई न्याय दिन प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक छ।”
बबरमहलमा फोर्सका कार्यकर्ताहरूले मार्च पास सम्पन्न गरी बानेश्वरतर्फ अघि बढिरहेका छन्। पछि उनीहरू फर्केर बबरमहल हाइटस्थित कार्की ब्याङ्क्वेटमा भेला भएर औपचारिक घोषणा गर्ने कार्यक्रम छ। मार्च पासको नेतृत्व एमाले निकट युवा संघले गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे