
काठमाडौं , २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ‘मिसन ग्रासरुट’ सम्पन्न गर्दै ‘देशैभरि–छोराछोरी र भावी वडा नेता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा बिहीबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरूट कार्यक्रम’bout समीक्षा गर्दै देशैभरि छोराछोरी र भावी वडा नेता कार्यक्रम सञ्चालन गर्ने’bout छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका छन् ।
एमालेले आयोजना गरेको मिसन ग्रासरूटका कार्यक्रममा युवाको उपस्थिति कम भएको निष्कर्ष निकाल्दै दुईमहिने अभियानमा युवाको आकर्षण घटिरहेको देखिएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।
‘अहिलेका युवाहरू’ आफैं नेता, आफैं प्रधानमन्त्री’ जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिन्छन् । यसलाई कसरी सम्बोधन गर्ने ? के हामी प्रत्येक वडामा १० जनाका दरले भावी वडा नेता कार्यक्रम चलाउन सक्छौं ?’ अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।
पार्टी संरचनामा पाका नेता÷कार्यकर्ताको संख्या अति कम देखिएको प्रतिवेदनमा उल्लेख छ । औसत उमेर ४५ को हाराहारीमा देखिएकाले ओलीले ३५ वर्षमुनिका युवालाई लक्षित गरी अभियान चलाउनुपर्ने प्रस्ताव गरेका छन् । अभियानका क्रममा युवाको खोजी भएको उल्लेख गर्दै उनीहरूलाई प्रशिक्षण कार्यक्रम (इन्कुभेसन सेन्टर) खोल्नुपर्ने प्रस्ताव पनि अध्यक्ष ओलीको छ ।
नेता–कार्यकर्ताकै छोराछोरी पार्टीमा नजोडिएको कुरालाई सम्बोधन गर्ने ‘देशैभरि–छोराछोरी’ अभियान सञ्चालनका लागि प्रस्ताव गरिएको हो । एमालेले १० वैशाखमा सम्पन्न तीन क्षेत्रको उपनिर्वाचनको समीक्षा गर्दै संख्यात्मक नभए पनि गुणात्मक हानि पार्टीले बेहोरेको उल्लेख छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे