
काठमाडौँ, जेठ २ । नेकपा ( एमाले) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । नेकपा ( एकीकृत समाजवादी) का दलका नेतासमेत रहेका मुख्यमन्त्री सोडारीले भोली बिहीबार विश्वासको लिने कार्यक्रम रहेको छ ।
एक महिना अगाडी मुख्यमन्त्री नियुक्त भएका सोडारीले यसअघि वैशाख २१ र २२ गते समेत विश्वासको मत लिन खोजेका थिए तर एमालेले निर्णय नगर्दा विश्वासको मत लिने कार्यक्रम स्थगित भएको थियो। सोडारीलाई विश्वासको मत पाउन २७ जनाको समर्थन आवश्यक पर्छ ।
मुख्यमन्त्री सोडारीलाई एमालेका ११ ,माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ जना गरेर २८ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे