
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनमा भाग लिन नेकपा एमालेले आज निर्वाचन आयोगमा गएर आफ्नो दल दर्ता गराउने भएको छ। एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार आजै आयोगमा दर्ता गराउनका लागि निवेदन बुझाइने छ।
एमालेले यसअघि राष्ट्रिय सभा निर्वाचनका लागि मात्र दल दर्ता गरेको थियो तर प्रतिनिधिसभा चुनावका लागि भने अझै दर्ता नभएकाले आज दर्ता गराइँदैछ। प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउने अन्तिम समय आउँदो बुधबारसम्म तय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे