
काठमाडौँ । नेकपा एमाले को सचिवालय बैठक आज बस्दैछ। यो बैठक प्रतिनिधि सभामा रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिपछि आकस्मिक रूपमा बोलाइएको हो।
बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा हुने छ।
एमालेका नेताहरूले बादलको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। उपाध्यक्ष विष्णु पौडेल ले उनको भनाइ पार्टीको नीति र मान्यताविपरीत भएको बताएका छन्। त्यस्तै गोकर्ण विष्ट र योगेश भट्टराई ले पनि उनको प्रस्तुति उपयुक्त नभएको भन्दै आलोचना गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे