
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ। यो बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुर गुन्डुमा भइरहेको हो। शुक्रबारदेखि सुरु भएको बैठक शनिबार ओली अस्वस्थ भएपछि स्थगित भएको थियो। पहिलो दिनको बैठकमा ६ जना नेताले ओलीलाई नेतृत्व छोड्न सुझाव दिएका थिए।
आजको बैठकमा भदौ २३ र २४ गते भएको आन्दोलनको मूल्याङ्कन, पार्टी पुनर्गठन, संसद् पुनःस्थापना लगायतका विषयमा छलफल हुने जनाइएको छ। शुक्रबारको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, साथै विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ र गुरू बरालले आफ्नो धारणा राखेका थिए।
पार्टीको नेतृत्व र आगामी रणनीति तय गर्ने विषयमा आजको बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे