
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आली शनिबार पक्राउ परेपछि पार्टीको दोस्रो सचिवालय बैठक बसिरहेको छ। अध्यक्ष ओली अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन्। पक्राउ परेपछि उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा पहिलो सचिवालय बैठक भइसकेको थियो।
मंगलबार मध्याह्न बसेको बैठकमा राजनीतिक अवस्था, विरोध कार्यक्रम र संसदीय दलको नेताबारे छलफल भइरहेको छ। साथै, गत भदौमा जेन९जी आन्दोलनमा भएको दमन र तत्कालीन सरकारको छानबिनबारे पनि चर्चा भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे