
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध आइतबारदेखि देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। आकस्मिक रूपमा बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
प्रहरीद्वारा अध्यक्ष ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि एमालेले यस घटनालाई लोकतान्त्रिक मूल्य र कानुनी शासन विपरीत भएको भन्दै कडा आपत्ति जनाएको छ। बैठकपछि महासचिव शंकर पोखरेलले उक्त कदमको निन्दा तथा भर्त्सना गर्दै यसविरुद्ध कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने घोषणा गरेका छन्।
एमालेले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ। साथै पार्टीका जनसंगठनहरूले शनिबारदेखि नै विभिन्न स्थानमा विरोध कार्यक्रम सुरु गरिसकेको जनाइएको छ।
यसैबीच, भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति एमालेले असहमति जनाउँदै उक्त प्रतिवेदन न्यायिक सिद्धान्तविपरीत रहेको दाबी गरेको छ।
पार्टीले अन्य राजनीतिक दलहरूसँग समन्वय गरी थप विरोध कार्यक्रम तय गर्ने जनाएको छ भने पछिल्लो घटनाक्रमले संविधान र लोकतन्त्रप्रति आस्था राख्ने सबै पक्षलाई चिन्तित बनाएको उल्लेख गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे