
काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा ९एमाले०का संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ ९३० बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्।
भण्डारीले आइतबारको मिति राखेर यादवलाई ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले आज बिहान सबेरै बर्दिबासको पानस होटेलमा शपथ गराएकी हुन् । यादवलाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुख भण्डारी भने काठमाडौं लागेकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे