
बागमती, चैत १० । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका हुन् ।
गत पुस २५ गते एकीकृत माओवादी केन्द्रका नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा एमालेसहितका पाँच दल सहभागी भएका थिए ।
बागमती सरकारमा एमालेबाट जगन्नाथ थपलियाआर्थिक मामिला तथा योजनामन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री, केशवप्रसाद पोखरेल कृषी तथा पशुपन्छी विकासमन्त्री र एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे