
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने समय सरेको छ । केन्द्रीय निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकेको थियो । तर, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन ढिलो भएपछि मतदान पनि केही ढिलो हुने प्राविधिकहरुले बताएका छन् । विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको विवरण राख्ने काम नसकिएकाले मतदान अपराह्न ४ बजेपछि मात्र सुरु हुने देखिएको हो।
केन्द्रीय निर्वाचन आयोगले आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकेको थियो। तर, उम्मेदवारको अन्तिम नामावली र फोटो मेसिनमा प्रविष्ट गराउन समय लागेकाले तालिका प्रभावित भएको हो। एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३० मिनेट लाग्ने अनुमान छ । मतदानको समय ढिलो हुने भएपछि भृकुटीमण्डपमा उम्मेदवारहरु र तिनका समर्थकहरु बिहानैदेखि मतमाग्न व्यस्त छन् ।
एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेको यस ११औं महाधिवेशनले ३०१ सदस्यीय नयाँ कमिटी चयन गर्नेछ । जसमा ११ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे