
काठमाडौँ, पुस २१ ।सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितका विषयमा प्रतिवेदन प्रस्तुत गर्नेछन्।
बैठकमा, प्रतिवेदनसहित समसामयिक विषयमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइनेछ, भने बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चार केन्द्रीय आयोगका प्रमुखहरू सहभागी हुनेछन्। बैठक दुई दिनभित्र सक्ने तयारी गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे