
काठमाडौँ, चैत १७ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने बताएका छन् । तर, एमाले अहिले त्यो बाटोमा नरहेको उनले बताए ।
शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले म तिथिमितितिर जान्न । मैले यति भने की हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो । यसरी वा त्यसरी जे होस् कुनैपनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौँ । यदी एमालेले त्यो आवश्यक्ता महशुस गर्यो भने केही हप्ताको काम हुन्छ ।’
नेता भीम रावलले एक पछि अर्को गल्ती गरेको , पार्टीको अनुशासनमा नबसेको र पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको आरोप समेत उपाध्यक्ष पौडेलले लगाए ।पौडेलले बैशाख १० गते हुने उपनिर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा जाने र नित्ने समेत दावी गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे