
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा सहभागी उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन समितिले दाबी, विरोध, उजुरी तथा छानबिन प्रक्रिया पूरा गरेपछि विभिन्न पदका उम्मेदवारको अन्तिम सूची प्रकाशन गरेको हो।
सार्वजनिक नामावलीअनुसार अध्यक्ष पदमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे चुनावी मैदानमा उत्रिएका छन्।
यस्तै, उपाध्यक्षका पाँच पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन् भने तीन उपमहासचिव पदका लागि सात जनाको मनोनयन परेको छ। सचिवका नौ पदका लागि २० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचनमार्फत एमालेले नयाँ नेतृत्व चयन गर्ने तयारी तीव्र बनेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे