
काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। यसका लागि निर्वाचन समितिले विस्तृत निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ।
तालिकाअनुसार आज बिहान मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन र दाबी–विरोध गर्न समय तोकिएको छ। त्यसपछि निर्वाचन समितिले ती उजुरीमाथि छानबिन गरी अन्तिम मतदाता सूची प्रकाशित गर्नेछ।
आजै उम्मेदवार बन्न चाहने नेताहरूले दर्खास्त फाराम प्राप्त गरी दर्ता गर्न सक्नेछन्। दर्ता प्रक्रिया पूरा भएपछि दिउँसो उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ। त्यसपछि उम्मेदवारको विरोधमा उजुरी दिन र ती उजुरीमाथि निर्णय गर्ने समय पनि तोकिएको छ।
उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेको खण्डमा दिउँसोसम्म समय दिइनेछ। साँझ उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ।
निर्वाचन तालिकाअनुसार पुस १ गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। मतदान सकिएपछि मतगणना गरी निर्वाचन परिणाम सार्वजनिक गरिनेछ। त्यसपछि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान गरी शपथग्रहण गराइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे