
एजेन्सी । साउदी अरेबियामा अमेरिका – युक्रेन वार्ताको एक दिनपछि युक्रेनले अमेरिकाले प्रस्ताव गरेको रुससँग तत्काल ३० दिने युद्धविराम स्वीकार गर्न तयार रहेको बताएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने कि उनले रुसलाई प्रस्ताव प्रस्तुत गर्नेछन् र बल उनीहरूको कोर्टमा छ। यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफुहरु युद्धविरामका लागि तयार रहेको जनाउँदै रुसलाई प्रस्तावमा सहमत हुन लगाउनु अमेरिकाको जिम्मा भएको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले भने , अब रुसलाई सकारात्मक प्रस्तावमा सहमत हुन मनाउने कुरा अमेरिकाको हो।
जेद्दामा मंगलबार भएको वार्ता ओभल अफिसमा जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको असाधारण झडप पछि दुई देशहरू बीचको पहिलो आधिकारिक बैठक थियो। सम्झौताअनुसार, युक्रेन र रूसले एक आपसमा सशस्त्र संघर्ष रोक्न र अत्यावश्यक आपूर्ति कोरिडोर खोल्न सहमति जनाएका छन्।
युद्धविरामको अवधिमा, युक्रेनमा रहेको नागरिक क्षेत्रहरूमा चिकित्सा सामग्री र खाद्यान्न पठाउने कामलाई प्राथमिकता दिइनेछ। साथै, युद्धकै कारण घाइते र विस्थापित नागरिकहरूको लागि आवश्यक सहायता उपलब्ध गराइनेछ। संयुक्त विज्ञप्तिमा, अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी आदानप्रदान र सुरक्षा सहयोग तुरुन्तै पुनः सुरु गर्ने पनि बताएको छ, जुन अभूतपूर्व बैठक पछि वाशिंगटनले निलम्बन गरेको थियो। दुबै प्रतिनिधिमण्डलहरूले आफ्ना वार्ता टोलीहरूको नामकरण गर्न र युक्रेनको दीर्घकालीन सुरक्षा प्रदान गर्ने स्थायी शान्तिको लागि तुरुन्तै वार्ता सुरु गर्न सहमत भए, अमेरिका(युक्रेन विज्ञप्तिमा भनिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे