
काठमाडौं, असार १२ ।बिज एजुकेशन गठ्ठाघरले “एडमिशन डे २०२५” को आयोजना गर्ने भएको छ। कार्यक्रममा बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरूका प्रतिनिधिहरू सहभागी हुनेछन् र युकेमा अध्ययनको तयारी गरिरहेका नेपाली विद्यार्थीहरूलाई प्रत्यक्ष परामर्श प्रदान गर्नेछन्।
कार्यक्रम आगामी केही दिनमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बिज एजुकेशनको गठ्ठाघर कार्यालयमा सञ्चालन हुनेछ।
कार्यक्रमको प्रमुख उद्देश्य
विद्यार्थीहरूलाई विश्वविद्यालय छनोट, भर्ना प्रक्रिया, स्कलरसिप उपलब्धता, पाठ्यक्रम संरचना तथा युकेको समग्र शिक्षा प्रणालीबारे विस्तृत जानकारी दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
प्रतिनिधिहरूको सहभागिता
कार्यक्रममा युकेको विभिन्न प्रमुख विश्वविद्यालयहरूबाट अन्तर्राष्ट्रिय विभागका उच्च अधिकारीहरूको सहभागिता रहनेछ। सहभागी प्रतिनिधिहरूमा निम्न व्यक्ति प्रमुख छन्:
युसुफ काफो – Head of International Recruitment, University of Derby
उला टाङ प्लोम्यान – Executive Director International, The University of Law
ब्रज भूषण झा – Regional Manager (Sri Lanka & Nepal), Bangor University
बिज एजुकेशन गठ्ठाघरले युके अध्ययनका आकांक्षी विद्यार्थीहरूलाई परामर्श, आवश्यक कागजात तयार गर्न सहयोग, भिसा आवेदन तयारी, र प्रि-डेपार्चर गाइडेंसजस्ता सेवा नियमित रूपमा प्रदान गर्दै आएको छ।
त्यस्तै, युकेस्थित बिज एजुकेशन अफिसमार्फत बेलायतमा रहेका नेपाली विद्यार्थीहरूलाई आवासको व्यवस्था, पार्टटाइम रोजगारी खोजी, स्वास्थ्य बीमा तथा आकस्मिक परामर्श सेवा दिइँदै आएको छ।
बेलायती विश्वविद्यालयहरूसँगको साझेदारी तथा विद्यार्थी–केन्द्रित नियमित कार्यक्रममार्फत बिज एजुकेशनले युकेमा अध्ययनको सपना देख्ने नेपाली विद्यार्थीहरूका लागि एक विश्वसनीय शैक्षिक साझेदारको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे