
काठमाडौँ–नेपाल एसिया कपमा छनोट हुन सकेन । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल सन् २०२५ मा हुने टी–२० एसिया कपका लागि छनोट हुन असफल भएको थियो । सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १२० रनको लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन बनाएको थियो । यो जितसँगै युएई प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
नेपालले प्रिमियर कपमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
आज नेपालले दोस्रो सेमिफाइनलमा पराजित भएको देशसँग खेल्नेछ भने तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ ।
प्रिमियर कपमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुने अवसर पाउनेछन् । प्रिमियर कपको दोस्रो सेमिफाइनल आज आयोजक टोली ओमान र हङकङबीच हुँदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे