
काठमाडौँ ,३० भाद्र | कास्कीको पोखरा महानगरपालिका ३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका ३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जराको मृत्यु भएको हो ।
हिजो साँझ सवा ६ बजे, ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ । माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोर्खाको गोर्खा नगरपालिका १३ भडारी भिरमा हिजो बेलुकी जिप र मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गोर्खा नगरपालिका ६ बतासेका अन्दाजी १८ बर्षीय आशिष बसेल रहेका छन् ।
गम्भीर घाइते भएका बसेलको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा बेलुकी पौने ९ बजे, मृत्यु भएको हो । गोरखा–आबुँखैरेनी सडकखण्डमा गोर्खाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग २ च २२९१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे, आपसमा ठोकिएका हुन् । दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे