
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा दुई जना नयाँ मन्त्रीले आज राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्न लागेका छन्। शपथ समारोहका लागि शीतल निवासमा सबै तयारी पूरा भएको स्रोतले जनाएको छ।
नवनियुक्त मन्त्रीहरूमा डा। सुधा शर्मा र बब्लु गुप्ता रहेका छन्। डा। शर्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र गुप्ता युवा तथा खेलकुद मन्त्रीका रूपमा नियुक्त भएका हुन्।
प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरेकी थिइन्। तर अन्तिम समयमा आएर उनीहरूको नाम स्थगित भएको स्रोतले जनाएको छ।
सरकारले मन्त्रिपरिषद् पुनर्गठनको तयारीका क्रममा अन्य मन्त्रालयहरूमा पनि आवश्यक समायोजन गर्ने संकेत दिएको छ। नयाँ मन्त्रीहरूले शपथपछि आजै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे