
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच हुनेछ। पोखराले पाँच खेलमा मात्र ४ अंक ल्याएको छ, त्यसैले प्लेअफको आशा जोगाउन उसले आज जित्नैपर्ने अवस्था छ। काठमाडौँले भने ६ खेलबाट ८ अंक जोडिसकेको छ।
दोस्रो खेल अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ। सुदूरपश्चिम १० अंकका साथ तालिकाको शीर्ष स्थानमा छ र पहिले नै प्लेअफमा पुगिसकेको छ। चितवनले पनि पाँच खेलमा ४ अंक ल्याएको छ, त्यसैले प्लेअफमा पुग्नको लागि आजको खेल जित्नु नै अनिवार्य छ।
दुवै खेलले अंक तालिकामा ठूलो प्रभाव पार्ने छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे