
काठमाडौँ , ३१ साउन । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० गोविन्द काफ्लेका अनुसार सिन्धुलीको तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना हुँदा थप ११ जना घाइते भएका हुन् ।
वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।उनीहरूलाई काठमाडौंमा रिफर गर्ने तयारी छ। अरु घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाएको छ। मृतकको पहिचान भने खुलेको छैन। उनीहरूको नाम सङ्कलन गर्ने कार्य भईरहेको एसपी काफ्लेले जनकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे