
काठमाडौँ , ९ भदौ । कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर ७ मौलियामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ भने एक वृद्धा घाइते भएका छन्। एउटै विस्तारमा सुतेका दुई नातिनी र बजैलाई सर्पले डसेको जनाइएको छ ।
शुक्रवार राती सर्पको डसाइबाट छ बर्षीया काजल घर्तिमगर र चार बर्षीया लीला घर्तिमगरको मृत्यु भएको छ भने उनका ६७ बर्षीय बाजे रिजु घर्तिमगर घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भई रहेको छ ।
उनका अनुसार झुल नलगाई खाटमा संगै सुतेका बालिकालाई पहिला टोकेर वृद्ध महिलालाई टोकेपछि उनी बिउँझेको र तुरुन्तै सर्प दंश उपचार केन्द्र बडैपुर लगिएको थियो । बालिकाहरूलाई टोकेको उनीहरूले बान्ता गर्न थालेपछि मात्र थाहा भएको र ढिला अस्पताल पुर्याउदा मृत्यु भएको बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे