
काठमाडौँ , १८ मंसिर | शनिवार बयर टिप्न राप्तीको टापुमा पुगेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर (डाँडा टेपरी) निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारुको मृत्यु भएको छ । दुवै जनाको शव आइतबार बिहान राप्ती नदीमा फेला परेको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले फेला पारेका थिए।
शनिवार बेलुकासम्म पनि उनीहरूको खोजी गर्दा नभेटिएकोमा आइतबार बिहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा दुवैजनाको शव फेला परेको हो ।प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए। ति मध्ये नदीमा ५ जना पौडी खेलेर बाँच्न सफल भएका थिए ।
उनीहरूको शवलाई पोस्टमार्टमका लागि नेपालगन्ज पठाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे