
काठमाडौँ, भदौ १ – आइतबार संघीय संसदअन्तर्गत दुई समितिको बैठक बस्ने भएको छ। पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको छुट्टाछुट्टै बैठक हुनेछ।
पूर्वाधार विकास समितिको बैठकमा हालको वर्षाका कारण बिग्रिएका सडकहरू — जस्तै कोदारी राजमार्ग, रसुवागढी सडकजस्ता अन्तरदेशीय मार्गहरूको अवस्थाबारे छलफल गरिनेछ। चाडपर्व नजिकिएकाले सडक यातायात र पूर्वाधारको अवस्थाबारे पनि समीक्षा गरिनेछ।
यस्तै, विधायन व्यवस्थापन समितिले “नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१” को मस्यौदामाथि छलफल गर्ने कार्यसूची राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे