
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज आयोजना हुँदैछ। यसपटकको दीक्षान्त विशेष हुने भएको छ, किनकि त्रिविको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाइएको छ। समारोहमा सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएका जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।
त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्तका लागि सबै तयारी पूरा भएको छ। मण्डप निर्माणदेखि विद्यार्थी र अभिभावक बस्ने व्यवस्था मिलाइएको छ। यस वर्ष १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुनेछन्। समारोहमा विद्यार्थी र अभिभावक गरी करिब ४१ हजार जना सहभागी हुने जनाइएको छ। विभिन्न तहका परीक्षामा उत्कृष्ट नतिजा ल्याएका २५ विद्यार्थीले पदकसमेत प्राप्त गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे