
एजेन्सी । टर्कीको सेनाको कार्गो विमान जर्जियामा दुर्घटनाग्रस्त भएको छ। मंगलबार अजरबैजानको गान्जा शहरबाट टर्की फर्किँदै गरेको सी–१३० प्रकारको कार्गो विमान जर्जियाको आकाशमा दुर्घटनामा परेको हो।
टर्कीको रक्षा मन्त्रालयका अनुसार उक्त सैन्य विमानमा २० जना सवार थिए। विमान अजरबैजानको सीमासमिप दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या र कारणबारे भने अहिलेसम्म स्पष्ट जानकारी आएको छैन।
टर्की र अजरबैजान दुवै देशका अधिकारीहरूले केही जनाको मृत्यु भएको संकेत गरेका छन्। टर्कीको रक्षा मन्त्रालयले दुर्घटनाग्रस्त विमानमा टर्कीका उडान चालक दलसहित २० जना सैनिक कर्मचारी रहेको जनाएको छ, तर अन्य राष्ट्रियताको यात्रुबारे केही खुलाइएको छैन।
स्थानीय मिडियाका अनुसार, अमेरिकी निर्मित उक्त विमानमा केही अजरबैजानी कर्मचारीहरू पनि सवार थिए। अजरबैजानी मिडियाले सार्वजनिक गरेको भिडियोमा विमान जमिनमा ठोक्किएपछि ठूलो विस्फोटसहित आकाशमा कालो धुवाँको बाक्लो बादल देखिएको उल्लेख गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे