
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बीच आज विशेष वार्ता हुँदैछ। दुई राष्ट्र प्रमुखका बीचको यो संवाद पछिल्लो समयको सबैभन्दा महत्त्वपूर्ण कूटनीतिक घटनामा गनिन्छ। विशेष गरी, संयुक्त राष्ट्रसंघमा जारी विभाजन र युक्रेनको संकटसँग जोडिएका घटनाक्रमले यो वार्तालाई थप महत्त्वपूर्ण बनाएको छ।स्रोतका अनुसार, ट्रम्प र पुटिनले विभिन्न द्विपक्षीय मुद्दाहरूमा छलफल गर्नेछन्। यसमा व्यापारिक सम्बन्ध, सैनिक सहयोग, र विश्वव्यापी सुरक्षा समस्याहरूलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
युक्रेन र सिरियामा जारी संघर्ष र अन्य भू(राजनीतिक मामिलाहरू पनि छलफलको केन्द्रीय बिषय रहनेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेनमा शान्ति सम्झौताका धेरै तत्वहरूमा सहमति भएको बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरे कि उनी मंगलबार बिहान पुटिनसँग कुरा गर्ने छन्। उनले भनेका छन् , सम्झौताहरू भए पनि धेरै काम गर्न बाँकी छ। हरेक हप्तामा दुवै पक्षबाट २,५०० सैनिकको मृत्यु हुन्छ, र यो अब समाप्त हुनुपर्छ। म राष्ट्रपति पुटिनसँगको कलको लागि धेरै उत्सुक छु, ट्रम्पले लेखेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे